Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आर्थिक मन्दिले खसी–बोकाको मूल्यो घटेपछि किसान मार्कामा





सिरहा । अन्य समयभन्दा बढी दशैमा बढी मुल्यमा विक्रिहुने खसि वोकाको मुल्य आर्थिक मन्दिका कारण घटेपछि किसानहरु मर्कामा परेका छन् । आत्याधिक मात्रामा मासुको  खपतहुने दशैंमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी–बोका खरिद विक्रि कम भएकाले मूल्य सस्तो भएपछि किसानहरु चिन्तित बनेका हुन् ।

सिरहा धनगढीमाई १३ का किसान सुक्रलाल लामाले आज गोलबजारको मंगलबारे बजारमा विक्रिको ल्याएको बोका अन्यबेला २२÷२५ हजारमा विक्रिहुने बोका १३ हजारमा विक्रि गरेको बताए। उनले भने, ‘अन्य बेला यहि बोका २२÷२५ हजारमा विक्रि हुन्थ्यो, आज त १३ हजारमै विक्रिगर्नु पर्यो।’

बजारमा खरिद गर्नेभन्दा बढी खसी–बोका भएकाले दशैंको मुखमा पनि सस्तोमा बेच्न बाध्यभएको उनले सुनाए। उनले राम्रो मुल्य पाउँला र दशैंको खर्च जोहोगर्न सजिलो भनेर बोका पालेको थिएँ तर, भने जस्तो मूल्य पाइन।

दुर्गा पुजामा बोका बलिदिंदै आएका नरहा ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरुवर्ष १५÷१७ हजार पर्ने बोका यो पटक ११ हजारमै खरिद पाएकोमो खुसी व्यक्त गर्ने । उनले भने, ‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँं।’

गोलबजार नपा ६ मा लाग्ने बाँख्रा बजारमा अहिल्लो दशैंको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी बसीबोका विक्रि भएपनि यो वर्ष आधाभन्दा कम विक्रि भईरहेको बजारका ठेकेदार बीरेन्द्र यादवले बताए। उनले भने, ‘दशैंका बेला हामीलाई खसी बोको पुर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय विक्न पनि मुस्किल हुने गरेको छ।

दशैंका बेला बजार मूल्य ह्वात्तै बढेपनि खसीबोकाको मूल्यभने स्वात्तै घटेको छ। यसले बाख्रा पालक किसान भने मर्कामा परेका छन्।

बजारमूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दशैं आएजसतो चहलपल देखिएको छैन।