एलिना हिंमाङ्ग
लहान । दलित जनकल्याण युवा क्लव लहानले संस्थाको २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेकोछ । लहानमा आयोजना गरिएको उक्त साधारण सभाको उद्घाटन शत्रमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रमुख अतिथीको रुपमा वोल्नुहुदै दलित जनकल्याण युवा क्लवले एउटा उदाहरणीय काम गर्दै आएकोछ । क्लवले संचालन गरेको क्रियाकलाप सिक्न लायक भएकाले सो कार्यलाई अनुकरण गर्दै लहान नगरपालिकाले पनि अहिले दलित समुदायमा टिउसन कक्षा संचालन गर्दै आएको वताउनु भयो ।कार्यक्रममा वोल्नुहुदै गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्द विष्टले संस्थाले आफुले गरेका कामहरुको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा गरेकाले यो कार्य गर्व गर्न लायक कार्य गरेको वतउनु भयो ।
कर्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै संस्थाको कार्यविवरण माथी संस्थाका कार्यकारी निर्दैशक विनोद कुमार विसुन्केले संस्थाले संचालन गरेका परियोजनाहरु अन्तरगतका कार्यक्रमहरु साथै प्रगती विवरण समेत प्रस्तुत गर्नु भएको थियो । विवरण प्रस्तुतका क्रममा उहाँले अहिले क्लवले ३ वटा परियोजनाहरु(वाटर एड नेपाल .(द विकन ),एक्सन एड नेपाल र फ्रिडम फण्ड अन्तरगतको कार्यक्रम संचालन गरिरहेको वातउनु भयो।कार्यक्रम अन्तरगत सिरहाको लहान नगरपालिका,धनगढीमाई नगरपालिका,लक्ष्मीपुर पतारी ,सखुवाननकारकटी,औरही लगायतका नगरपालिका र गाउपालिकाका ६५ वटा वडामा काम गरीरहेको वताउनु भयो ।
कर्यक्रममा सहयोगी संस्थाहरुलाई कदर पत्र प्रमुख अतिथी वाट गरिएको थियो ।कदर पत्र ग्रहण गर्दै वाटर एड नेपालका सामाजिक परिचालन अधिकृत महेश ढुंगाना,एक्सन एड नेपालका कार्यक्रम संयोजक शिव नारायण चौधरी आ आप्ना धारणा हरु राख्नु भएको थियो ।सभामा कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीको रुपमा क्लवका कार्यक्रम संयोजक वहादुर सदायलाई सम्मान गरीएको थियो ।सभाको उद्घाटन सत्र क्लवका अध्यक्ष उमेश कुमार विसुन्केको अध्यक्षतामा सम्पन्न भएको थियो ।