Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्मला पन्त मारिएको ७ वर्ष पूरा, १२४ जनाको डीएनए, ६५५ जनासंगको सोधपुछपछि पनि हात लाग्यो शुन्य





काठमाडौँ ।
निर्मला मारिएको ७ वर्ष पूरा भइसकेको छ। २०७५ आजकै दिन अर्थात् साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।
यस अवधिमा ५ गृहमन्त्री र त्यति नै संख्यामा प्रहरी प्रमुख बनिसके। तर अपराधी पहिचान हुने सकेको छैन।
छानबिनका लागि कति समिति बनाइए, अनुसन्धानमा थुप्रै प्रहरी अधिकृत खटिए तर आजसम्म निष्कर्षमा पुग्न सकिएको छैन।
निर्मलाको न्यायको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवाको ज्यानै गयो।
निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।
घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान जारी नै रहेको दाबी प्रहरीले गरिरहेको छ।
यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयानलगायत काम ग¥यो। र, पनि अझै अपराधी अज्ञात छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत कञ्चनपुर पुगेर अनुसन्धानमा खटियो।
सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र घटना रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ।
निर्मलाको हत्या हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए। त्यसपछि कांग्रेसका बालकृष्ण खाण हुँदै रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्वमा पुगे।
पहिलोपटक गृहमन्त्री बन्दा लामिछानेले पहिलो निर्णय नै निर्मला हत्याका दोषी पत्ता लगाई कारबाही गर्ने थियो। तर उनी दोस्रोपटक गृहमन्त्री बनेर बाहिरिँदा पनि घटनामा संलग्न अपराधी पत्ता लागेन। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेका थिए। उनी बाहिरिएयता कांग्रेस नेता रमेश लेखक गृहमन्त्री छन्। निर्मला लेखककै निर्वाचन क्षेत्र कञ्चनपुर–३ की बालिका हुन्।
सात वर्ष बितिसक्दा पनि छोरीका हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवी पन्त निराश भइसकेकी छन्।
‘पालोपालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइन। अब कसैमा विश्वास छैन,’ उनले  दुःखेसो गरिन्, ‘अब न्याय पाउने आशै मरिसक्यो। पहिले–पहिले त प्रहरी आउँथे अचेल त कोही पनि आउँदैनन्।’
अनुसन्धान क्रममा हालसम्म प्रहरीले १२४ जनाको डीएनए परीक्षण तथा ६५५ जनासँग सोधपुछ गरिसकेको छ।
कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरीलगायत १२४ जनाको डीएनए परीक्षण गरिएको हो। तर घटनामा संलग्नता पुष्टि गर्ने रिपोर्ट कसैको आएन।
‘घटनाको गहिरो तरिकाले अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको छ। निष्कर्षमा पुगिसकेका छैनौँ,’ कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले भने।