Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस बैठकमा मन्त्री फेरबदलको विषयमा कुरै उठेन





काठमाडौँ ।
नेपाली कांग्रेसको पदाधिकारी–पूर्वपदाधिकारी बैठकमा मन्त्री फेरबदल गर्ने विषय उठ्दै उठेन ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा मन्त्री फेरबदलबारे कुरा नउठेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘मन्त्री फेरबदलको विषय बैठकमा उठ्दै उठेन,’ केसीले बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग भने ।
बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे छलफल भएको केसीले बताए । पदाधिकारी बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र ०७९ मा रुपन्देही ३ मा तत्कालिन गठबन्धनबाट उम्मेदवार रहेका बालकृष्ण खाणले त्यहाँको बस्तुस्थितबारे नेताहरूलाई जानकारी गराएको केसीले जानकारी दिए ।
‘मुख्यगरी बैठकमा उपनिर्वाचन हुन लागेको रुपन्देही–३ को बारेमा छलफल भयो । रुपन्देही सभापति लुम्बिनी प्रदेश सभापतिले त्यहाँको बस्तुस्थितबारे जानकारी गराउनुभयो,’ केसीले भने ।
उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने बैठकमा कुरा भएन । केसीले ०७९मा उम्मेदवार रहेका खाण पनि पुनः उम्मेदवार हुन सक्ने र अर्को उम्मेदवार पनि हुन सक्ने सम्भावना रहेको तर आजको बैठकमा उम्मेदवारबारे कुरा नभएको जानकारी दिए ।