Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुलिङ पिरियडमा छेडखानी– संसदीय समितिको छानविन कहाँसम्म पुग्यो ?





काठमाडौं ।
संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्नको लागि गठन संसदीय समितिले कामलाई तीव्रता दिएको छ। समितिले विज्ञहरूलाई राखेर छानबिन प्रक्रिया अघि बढाएको हो।
समिति गठन भएको आज १२ दिनमा १८ बैठक बसेको समितिका संयोजक जीवन परियारले बताए। आजको बैठकमा समितिले संविधानविद् काशीराज दाहाललाई पनि बैठकमा सहभागी गराएको थियो।
बाँकी कामहरू कसरी अघि बढाउने भन्नेबारेमा विज्ञहरूसँग छलफल गरेको उनले बताए।
उनले भने, ‘संविधानविद् काशीराज दाहाललाई विज्ञको रूपमा आजदेखि समितिमै बस्ने गरी तयारी गरेका छौँ। महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ, भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग पु¥याउन आग्रह गरेका थियौँ। सोही बमोजिम उहाँहरू आजको बैठकमा सहभागी हुनुहुन्छ।’
उनले छलफल जारी रहेको भन्दै अनुसन्धान धेरै काम ठुँगिसकेको बताए। समितिले प्रतिवेदन बुझाउनको लागि २१ दिनको समय पाएको छ।
समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्।
समितिले पारित गरेको विधेयकमाथि छेडखानी गरेपछि सत्तारुढ दलकै सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाको राजीनामा मागेका थिए। तर उनले आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको बताउँदै आइरहेका छन्।