Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय क्रिकेटर मोहम्मद सामीकी पत्नीविरुद्ध हत्या प्रयासको आरोप





एजेन्सी ।
भारतीय क्रिकेट टोलीका तीव्रगतिका प्रभावशाली बलर मोहम्मद सामीकी पत्नी हसिन जहाँमाथि हत्याको प्रयास गरेको आरोप लागेको छ । हसिन जहाँविरुद्ध हत्या प्रयासको आरोपसहित प्रहरीमा उजुरी पनि दर्ता भएको छ ।
मोहम्मद सामीका छिमेकीले नै हसिन जहाँविरुद्ध जाहेरी दर्ता गराएका समाचारमा जनाइएको छ । हसिन जहाँ र उनकी छोरी अर्शी जहाँको जग्गाको विषयलाई लिएर छिमेकीसँग झगडा भएको बताइएको छ । हसिन जहाँले जग्गा मिचेको आरोप छिमेकीहरूले लगाएका छन् ।
सोही विषयलाई लिएर विवाद बढेपछि हसिन जहाँ र उनकी छोरीले ज्यान मार्ने प्रयास गरेको आरोप छिमेकीहरूले लगाएका हुन् । सामाजिक सञ्जालमा झगडाको भिडियो पनि भाइरल भइरहेको छ ।
छिमेकी दालिया खातुनले हसिन जहाँ र उनकी छोरीविरुद्ध हत्याको प्रयास गरेको दाबीसहित उजुरी दर्ता गराएकी हुन् ।