Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो





काठमाडौं ।
हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली टोलीको वरीयता खस्किएको छ ।
नेपाली टोली १ स्थान थल झर्दै १८औं स्थानमा खस्किएको हो । नेपाल आफूभन्दा तल्लो वरीयतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो । त्यस्तै अलराउण्डर दिपेन्द्रसिंह ऐरी पनि आईसीसी टी–२०आई अलराउण्डर वरीयतामा दोस्रोबाट तेस्रोमा झरेका छन् ।
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षाविपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ पोइन्ट्सका साथ छन् । दीपेन्द्र खस्किंदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रोमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या शीर्षमा यथावत् छन् ।
दीपेन्द्रको रेटिङ २३३ बाट २०९ मा झरेको हो । शीर्षका पाणड्याको २५२ तथा दोस्रोका स्टोइनिसको २१० रेटिङ छ । दीपेन्द्रले हङकङमा भएका खेलमा कतारसँग ब्याटिङ गर्नुपरेन भने बलिङमा ४ ओभरमा २६ रन दिंदा कुनै विकेट लिएनन् ।
कुवेतसँग १२ बलमा ३१ रन बनाउँदा हङकङसँग वर्षाले प्रभावित खेलमा ब्याटिङ बलिङ दुवै गरेनन् । कुवेतसँगको फाइनलमा भने उनी डकआउट भएका थिए । बलिङमा पनि एक ओभर गर्दा विकेट लिएनन् ।