Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाराको एक मन्दिरको दानपेटीबाट दान रकम चोरी





बारा ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका–१ स्थित तरकारी बजारमा रहेको हनुमान मन्दिरको दान पेटिकाबाट दानको रकम चोरी भएको छ ।
मन्दिरको मूल गेटको ताल्चा फुटाएर अज्ञात व्यक्तिहरूले दान पेटिकाबाट करिब १० हजार रुपैयाँ बराबरको रकम चोरेको प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले दिएको जानकारीअनुसार चोरी रातिको समयमा भएको प्रहरीको अनुमान छ । बिहान मन्दिरका पुजारी पूजा गर्न जाँदा दान पेटिका खोलिएको र रकम चोरी भएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराले तत्काल एक टोली खटाएर अनुसन्धान सुरु गरेको छ । डिएसपी सापकोटाले सत्य तथ्य बुझेर अपराधीलाई पत्ता लगाई छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाहरूले मन्दिरजस्तो पवित्र स्थलमा भएको चोरीको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाण सङ्कलन गरिरहेको छ ।