Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हैदराबादमाथि लखनउको दबदबा





हैदराबाद ।

धेरैको अनुमान थियो, सनराइजर्स हैदराबादले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ३ सय रनको स्कोर छुने छ । त्यसमा केही तर्कहरू थिए । पहिलो, हैदराबादले पछिल्लो खेलमा २८६–६ को स्कोर बनाएको थियो, जुन आईपीएलकै दोस्रो उच्च स्कोर थियो ।

दोस्रो, लखनउ आफ्नो केही पहिलो रोजाइका तीब्र गतिका बलरविना खेलिरहेको थियो । ३ सय रनलाई बिर्सौं । टस हारेपछि ब्याटिङमा निम्त्याइएको हैदराबादले २ सय रन पनि बनाउन सकेन । अक्सनमा ‘अनसोल्ड’ भएका शार्दुल ठाकुरले ३४ रन खर्चेर ४ विकेट लिएपछि हैदराबाद १९०–९ को स्कोरमा खुम्चिएको थियो ।

शार्दुलले इनिङ्सको तेस्रो ओभरमा अभिषेक शर्मा र इशान शर्मालाई लगातार बलमा आउट गरेका थिए । ६ रन बनाएका अभिषेक शर्ट बललाई पुल गर्न खोज्दा डिप स्क्वायर लेगमा क्याच दिन पुगे । किशन उनै खेलाडी हुन्, जसले अघिल्लो खेलमा शतक बनाएका थिए । तर शार्दुलको लेग साइडमा गएको पहिलो बलमा उनी विकेटकिपर ऋषभ पन्तबाट क्याचआउट हुन पुगे ।

अर्को ओभरमा ट्राभिस हेडले अभेष खानको बलिङमा २ छक्का र १ चौका प्रहार गर्दै दबाब लखनउमाथि नै फर्काउन खोजेका थिए । रवि विष्णोइको बलमा ‘स्लग स्विप’ गर्न खोज्दा उनले लङअनमा निकोलस पूरनलाई क्याच दिन पुगेका थिए । तर पूरनले क्याच फुत्काउन पुगे । बिष्णोइले पनि कठिन रिटर्न क्याच लिन सकेनन् ।

पहिलो पटक क्याच फुत्किँदा हेड ३५ रनमा थिए । लखनउलाई त्यो १२ रनमात्र महँगो पर्‍यो । प्रिन्स यादवले हेडलाई ४७ रनमा बोल्ड गर्दै आईपीएलमा व्यक्तिगत पहिलो विकेट लिए । हेडले २८ बल खेल्दा ५ चौका र ३ छक्का प्रहार गरे । नितिशकुमार रेड्डी र हेनरिक क्लासेनले ११ औं ओभरमा हैदराबादको स्कोर १ सय रनमा पुर्‍याए । १७ बलमा २ चौका र १ छक्का प्रहार गरेका क्लासेन दुर्भाग्य रनआउट हुन पुगे । प्रिन्सको फुल टस बलमा नितिशले प्रहार गरेका थिए । प्रिन्सले क्याच फुत्काउन पुगे । बल झरेर नन स्ट्राइक एन्डको स्टम्पमा लागेपछि क्लासेन रनआउट हुन पुगे ।

बिष्णोइले नितिशलाई आउट गरेपछि लखनउले खेल नियन्त्रणमा लिएको थियो । नितिशले २८ बलमा ३८ रन बनाउनेक्रममा २ चौका प्रहार गरे । अनिकेत वर्माले विष्णोइ र दिग्भेष राठीलाई लगातार दुई छक्का प्रहार गरे । वर्मा १३ बलमा ३६ रन बनाउनेक्रममा कुल ५ छक्का प्रहार गरी १६ औं ओभरको अन्तिम बलमा आउट भए ।

दुई बलपछि प्लेयर अफ द म्याच शार्दुलले अभिनव मनोहरलाई क्याच आउट गराए । प्याट कमिन्सले आफूले सामना गरेको पहिलो ३ बलमा छक्का प्रहार गरे, तर चौथो बलमा उनी आउट भए । हैदराबादले अन्तिम २ ओभरमा १० रनमात्र जोड्न सकेको थियो ।

पूरनले २६ बलमै ७० रन बनाएपछि लखनउले १६.१ ओभरमा १ सय ९३ रन बनायो । एडेन मारक्रम १ रनमै आउट भएपछि पूरन र मिचेल मार्सले दोस्रो विकेटमा ७.१ ओभरमै १ सय १६ रन जोडेको थियो । पूरनले समान ६ चौका र छक्का तथा मार्सले ३१ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । दुवैले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

ऋषभ १५ र आयुष बदोनी ६ रनमा आउट भए । डेबिड मिलर ७ बलमा १३ र अब्दुल समान ८ बलमा समान २ चौका र छक्का प्रहार गरी २२ रनमा अविजित रहे । हैदराबादबाट प्याट कमिन्सले २ तथा मोहम्मद सामी, एडम जाम्पा र हर्षल पटेलले १–१ विकेट लिए । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग १ विकेटले पराजित भएको थियो ।