Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

राजस्थानमाथि कोलकाता हाबी





गुवाहाटी

क्विन्टन डी ककको उत्कृष्ट ९७ रनको मदतमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइसर्डले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो जित दर्ता गरको छ । प्रभावशाली प्रदर्शन गर्ने क्रममा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । दुवै टिम आ–आफ्नो पहिलो खेलमा पराजित रहेर यो प्रतिस्पर्धामा ओर्लेका थिए ।

यस्तोमा राजस्थान लगातार दोस्रो हार बेहोर्दै अंकतालिकाको पुछारमा रह्यो । यसले टिममाथि दबाब बढाउने छ ।

कोलकाताका लागि यो जित राहतका रूपमा रहेको छ । जितका लागि १ सय ५२ रनको लक्ष्य पाएको कोलकाताले १७.३ ओभरमा दुई विकेट गुमाएर १ सय ५३ रन बनायो । दक्षिण अफ्रिकी ब्याटर डी ककले ६१ बलको सामना गरेर ८ चौका तथा ६ छक्का प्रहार गरेर नटआउट रहे । उनले तेस्रो विकेटका लागि अंगकृष रघुवंशीसँग मिलेर अविजित ८३ रनको साझेदारी गरे । युवा खेलाडी रघुवंशीले २२ रनको योगदान गरे ।

उनले दुई चौका प्रहार गरे । ओपनरको भूमिकामा आएका मोइन अलीले १२ बलमा ५ रनको योगदान मात्र दिन सके । उनी रनआउट भए । पहिलो विकेटका लागि उनले ४२ रनको साझेदारी गर्न डी ककलाई भने बलियो साथ दिए । नियमित ओपनर सुनिल नारान बिरामी भएपछि उनको स्थानमा अलीले खेल्ने मौका पाएका हुन् । तर ब्याटबाट प्रभाव छाड्न सकेनन् । त्यसपछि कप्तान अजिन्क्या रहाने १८ रन बनाएर आउट भए ।

त्यस अगाडि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको राजस्थानको प्रदर्शन राम्रो रहेन । टोलीले कमजोर स्कोर खडा गरेको थियो । राजस्थानले ९ विकेट गुमाएर १ सय ५१ रनमात्र बनाउन सकेको थियो । यो स्कोर यसपल्टको प्रतियोगितामै अहिलेसम्मको सबैभन्दा कम स्कोर रह्यो । राजस्थानको सुरुआत भने कमजोर थिएन र पावर प्लेमा एक विकेट गुमाएर ५४ रन बनाएको थियो । तर त्यसपछि राजस्थानको प्रदर्शन ब्याटमा कमजोर नै रह्यो ।

अली र वरुण चक्रवर्तीको स्पिन आक्रमण अगाडि राजस्थानले ८२ रन बनाउँदासम्म ५ विकेट गुमाएको थियो । उनीहरूले एक आपसमा मिलेर ८ ओभरमा ४० रन खर्चेर कन्ज्युस्याँइपूर्ण बलिङ गरेर ४ विकेट पनि लिए । त्यसमध्ये अलीले २३ रनमा २ विकेट लिए भने चक्रवर्तीले दुई विकेटका लागि १७ रनमात्रै खर्चे । राजस्थानका लागि सबैभन्दा उच्च व्यक्तिगत स्कोर ध्रुव जुरेलले बनाए । उनले २८ बलमा ३३ रन जोडे । त्यसमा पाँच चौका सामेल थियो । ब्याटबाट लयमा देखिएका जुरेल लामो समय भने टिक्न सकेनन् ।

हर्षित रानाको बलमा बोल्ड भए । ओपनर यशस्वी जयसवालले २४ बलमा २९ रन बनाए । उनको ब्याटबाट समान दुई चौका र छक्का निस्केको थियो । उनी अलीको सिकार बने । कप्तान रियान परागले भने २५ रन जोडे । उनले चक्रवर्तीको बलमा आउट हुनु अगाडि तीन छक्का प्रहार गरे । इनिङ्सको अन्त्यतिर जोफ्रा आर्चरले ७ बलमा १६ रन थपे ।