Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै





काठमाडौं ।
विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमान्डु प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउद्देछ ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमान्डुको जित पक्का गरेका थिए ।
काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर राना १६ रनमा अविनित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन जोडे । बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । विराटनगरका लागि राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका जेरार्ड एरासमसले ३, दीपेश कँडेलले २ तथा शाहब आलम, करण केसी र डन डाउथवाइटले एक÷एक विकेट लिए ।