Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आजबाट नेपालमा वर्षाको ३ प्रणाली सक्रिय, ४ दिनसम्म भारी वर्षा





काठमाडौँ ।
आज दिउँसोदेखि नेपालमा पानी पार्ने तीनवटा प्रणाली एकसाथ सक्रिय हुने भएकाले काठमाडौँसहित ५६ वटा जिल्ला असोज १३ गतेसम्म उच्च जोखिममा देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । त्यसमाथि बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा आउनाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्ने भएकाले आज दिउँसोदेखि मौसम बदली (बादलको विकास) र वर्षा बढ्ने सम्भावना देखिएको हो ।
उल्लेखित तीनवटा मौसम प्रणालीका कारण कारण आज (बिहीबार) दिउँसोदेखि ४ दिन आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान एवं मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ ।
साथै सो अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा
मौसम महाशाखाले आजदेखि आइतबारसम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना हेरेर देशका ५६ जिल्लालाई उच्च जोखिममा राखेको छ ।
झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ, सिरहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुमपूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान, डोटी, कैलाली र अछाम ।
यस्तै महाशाखाले ताप्लेजुङ, बारा, दोलखा, मुस्ताङ, डोल्पा, डडेलधुरा, संखुवासभा, धनुषा, कालिकोट, कञ्चनपुर, सोलुखम्बु, रौतहट, जुम्ला, बझाङ, सर्लाही, बाजुरा, महोत्तरी, दार्चुला र बैतडी गरी १९ जिल्लालाई वर्षाका कारण हुनसक्ने हिसाबले मध्यम जोखिममा राखेको छ भने मुगु र हुम्लालाई न्यून जोखिममा राखेको छ ।