Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसमा महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति बन्दै, आइतबार टुंग्याइने





काठमाडौं ।
नेपाली कांग्रेसको शनिबार बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।
आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । महामन्त्रीद्वयले चुनावी तालमेल, महाधिवेशन तालिका, एक्जिट पोलिसीलगायत विषय उल्लेख छ । ‘अब आइतबार १ बजे बैठक बसेर टुंग्याउने भन्ने कुरा भयो । विवाद भनेको महाधिवेशन तालिका र गठबन्धनको विषय हो । त्यसमा पनि माओवादीसँगको गठबन्धन टुटिसकेपछि धेरै ठूलो समस्या रहेन’, ती नेताले भने ।
गठबन्धन टुटिसकेकाले अबको चुनावमा एक्लै बहुमत ल्याउने गरी संगठन निर्माण गर्ने गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी ती नेताले जानकारी दिए । उनका अनुुसार १५औं महाधिवेशन कार्यतालिका केन्द्रीय समितिको अर्को बैठकले निर्णय गर्ने गरी छलफल भइरहेको छ । तर, उक्त विषयमा पनि सहमति जुट्न सकेको छैन । महाधिवेशन कार्यतालिकाबारे महामन्त्री गगन थापाले प्रस्ताव गरेका थिए ।