Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको कश्यप इन्स्टिच्युटमा विद्यार्थी भर्नामा रोक





जनकपुरधाम ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।
कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हाल ५६ वटा कलेजमा मात्रै भर्ना आह्वान गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ ।
ती ५६ वटा बाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ससम्बन्धी कलेज÷शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना नगर्न÷नगराउन अनुरोध गरेको हो ।